क्रिसमस मनाउन फार्महाउस पुगेका सलमानलाई टोक्यो सर्पले

केन्द्रभाग मिडिया

बलिउड चर्चित अभिनेता सलमान खानलाई शनिबार सर्पले टोकेको छ ।

परिवारसँगै क्रिसमस मनाउनका लागि पनवेलस्थित फार्म हाउस पुगेका सलमानलाई सर्पले टोकेपश्चात सबेरै ३ बजे अस्पताल भर्ना भएका थिए । उनी उपचारपश्चात अहिले डिस्चार्ज भइसकेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

उपचारपछि सलमान पुनः आइतबार बिहान ९ बजे आफ्नो फार्म हाउस फर्किएको बताइएको छ। ।सलमानको फार्म हाउस पहाडी र वन क्षेत्रले घेरिएकाले त्यो क्षेत्रमा सर्प र अजिंगर निस्कने बताइन्छ ।

  • ११ पुष २०७८, आईतवार १३:३८ प्रकाशित