कोषाध्यक्ष र प्रवक्ता नियुक्ती गदै कांग्रेस सभापति देउवा , मनोनित हुने को–को हुन् ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शनिबार पहिलो केन्द्रीय कार्यसमितिको बैठक डाकेका छन् ।नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रत्यक्षतर्फको मतगणना सकिएसँगै सभापति देउवाले बैठक आह्वान गरेका हुन् ।

भोलीको बैठकमा देउवाले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बधाई र शुभकामना प्रदान गर्ने साथै राष्ट्रिय सभाको आसन्न निर्वाचन, स्थानीय निर्वाचन लगायतको तयारी र पार्टीको भावी रणनीतिका सम्बन्धमा छलफल गर्नेछन् ।

यस्तै देउवाले केन्द्रीय सदस्यमा मनोनित गर्ने तथा कोषाध्यक्ष नियुक्त गरी केन्द्रीय समितिलाई पूर्णता दिनुपर्नेछ । यसबाहेक सभापति देउवाले पार्टीको प्रवक्ता पनि नियुक्त गर्नेछन् । देउवाले एनपी साउद वा रमेश लेखकलाई प्रवक्ता बनाउन चाहेका छन् ।

नेपाली कांग्रेसको कोषाध्यक्षमा सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीदेखि विनोद चौधरीसम्मले रुचि देखाएका छन् । देउवाले यसपटक कार्कीलाई पदाधिकारीमा ल्याउन नपाएकोले उनलाई कोषाध्यक्ष बनाउन सक्ने सम्भावना छ । त्यस्तै, केन्द्रीय सदस्य निर्वाचित विनोद चौधरीले पनि मन्त्री वा पार्टीमा कोषाध्यक्षको भूमिका चाहेका छन् ।

  • ९ पुष २०७८, शुक्रबार १४:२७ प्रकाशित