काँग्रेस कोषाध्यक्षमा महिलाको सम्भावनाः यी हुन् ४ आकांक्षी !

केन्द्रभाग मिडिया

नेपाली काँग्रेसको कोषाध्यक्षमा महिलालाई नै मनोनित गर्ने सम्भावना देखिएको छ ।

नवनिर्वाचित १३ पदाधिकारी मध्ये एक जना मात्र महिला रहेकाले कोषाध्यक्षमा महिलालाई मनोनित गर्ने सम्भावना बढेको हो । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ निर्वाचित भएकी छन् भने बाँकी पदाधिकारी पुरुष मात्र छन् ।

काँग्रेसको १४ सदस्यीय पदाधिकारीमा १३ जना १४ औं महाधिवेशनबाट निर्वाचित भएर आएका हुन् भने कोषाध्यक्ष केन्द्रीय सदस्यबाट मनोनित गरिने छ ।

पदाधिकारीमा महिला उपस्थिति बढाउन कोषाध्यक्षमा केन्द्रीय सदस्यमा निर्वाचित महिला मनोनित गर्न लागिएको काँग्रेस पदाधिकारीले बताएका छन् ।

महिलालाई कोषाध्यक्ष बनाउने कुरामा सभापति शेरबहादुर देउवा पनि सकारात्मक रहेको बताइएको छ ।महिलालाई कोषाध्यक्षका लागि नेतृ चित्रलेखा यादव, पुष्पा भुसाल, डिला संग्रौला र अम्बिका बस्नेत आकांक्षी छन् ।

  • ९ पुष २०७८, शुक्रबार १२:४८ प्रकाशित