कांग्रेस केन्द्रीय समिति बैठक १० पुसमा बस्ने, पहिलो बैठकले के निर्णय गर्ला ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक १० पुसमा बस्ने तयारी गरेको छ । १४औँ महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक १० पुसमा बस्ने तयारी गरेको हो ।

‘१० पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी भएको छ,’ पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

१४औँ महाधिवेशनमा विभिन्न कलस्टरका लागि भएको निर्वाचनको मतगणना बिहीबार सक्ने तयारी कांग्रेसको छ । ‘१४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम आज आउनेछ,’ मुख्यसचिव पौडेलले भने, ‘यसपछि १० पुसमा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भएको हो ।’
सभापतिमा पुरानै अनुहार शेरबहादुर देउवा आए पनि उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा नयाँ अनुहार आएका छन् । अनुभवी सभापतिले युवा पुस्ताको साथ पाए पछि कांग्रेको आगामी यात्राको लागि महत्वपूर्ण प्रस्तावहरु आउन सक्ने आकलन गरिएको छ ।

  • ८ पुष २०७८, बिहीबार १४:३२ प्रकाशित