काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीले गठबन्धन भत्काउन चालबाजी गर्न खोजेको आरोप लगाएका छन् ।
उनले ओलीले अझै पनि गठबन्धन फुटाएर चालबाजी गर्न खोजिरहेको तर आफुहरुले गठबन्धन टुट्न नदिने प्रचण्डले बताए ।उनले भने,‘हामी प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्नेगरी प्रस्तुत हुन्छौँ । उहाँले विभिन्न टुटाउन चालबाजी गर्न खोज्नुभएको छ, त्यो सफल हुनेछैन’।
आज समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन नफुट्ने बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर अझै बलियो बनाउने बताए ।