काठमाडौं।
नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले आफु हत्तु परेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनको एक वर्ष पुग्दा समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफू ओलीको व्यवहारले हत्तु, हैरान भएको बताए ।
उनले पुष्पकमल दाहालले सोझो भएर केपी शर्मा ओलीलाई चिन्न नसकेको समेत बताए ।‘ओली जस्तो ज्याद्रो मानिसलाई चिन्नै सक्नु भएन । प्रचण्ड अलि सोझो मानिस हुनु हुँदो रहेछ ।’उनले भने