कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित पश्चात गणेश लामाले भने,‘गुण्डा नाइके भन्दा दुःख लाग्छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामाले आफुलाई गुण्डा नाइके भन्दा दुःख लाग्ने बताएका छन् ।

जितपछि प्रतिक्रिया दिदैँ उनले आफुलाई मिडियाले सधै गुण्डा नाइके भनेर चिनाउने गरेको र बारबार यो सुन्दा दुःख लाग्ने बताएका हुन् । उनले भने,‘ मलाई गुण्डा नाइके भनेर चिनाउने मिडिया नै हुन् । तैँले यो गल्ती गरिस् त्यसकारण यो नाम रह्यो भन्नुपर्‍यो नि । त्यतिकै मिडियाले पटक पटक भन्ने, मैले लामो समयदेखि सुनिरहेको, हेरिरहेको र देखिरहेको छु । यो सुन्दा दुःख लाग्छ ।’

उनले केन्द्रीय सदस्यमा निर्वाचित हुदाँ आफुलाई गौरव लागेको बताएका छन् । ‘काँग्रेसजस्तो पार्टीमा खुलामा आज मैले जुन खालको जित हासिल गर्न सफल भए, देशभरका तमाम साथीभाइ, महाधिवेशन प्रतिनिधि साथीको साथ सहयोगप्रति म कृतज्ञ छु । यो गुनको एक-एक हिसाब म चुकाउनेछु ।’उनले भने

९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भएका हुन् ।

  • ५ पुष २०७८, सोमबार १०:०७ प्रकाशित