ग्याङ फाइटमा छुरा हानाहानः एकको ज्यान गयो, एक घाईते

केन्द्रभाग मिडिया

सिरहा ।

सिरहामा दुई समूहबीच भएको ग्याङ फाइटमा छुरा हानाहान हुदाँ एक जनाको ज्यान गएको छ ।

एक युवक गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । सिरहको गोलबजार नगरपालिका–६ मा शनिबार राती सामान्य विवादमा छुरा हानाहान हुदाँ गोलबजार नगरपालिका ६ डोहटियाका अन्दाजी २१ वर्षीय रामकुमार सदायको मृत्यु भएको हो ।

उनको छातीमा छुरा लागेको थियो । घाईते उनको उपचारका लागि अस्पताल पुर्याइएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृतक सदायकै समूहका १९ वर्षीय रितेश सदाय गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको छ । दुई समुहबीचको विवादको कारण खुल्न सकेको छ छैन ।

  • ४ पुष २०७८, आईतवार १५:२५ प्रकाशित