काठमाडौं ।
नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी गणनामा शेखर कोइराला प्यानलका महामन्त्री उम्मेदवार गगन थापाले स्पष्ट अग्रता लिइरहेका छन् । एक हजार दुई सय मतको गणना सकिँदा ७५६ मतका साथ गगन पहिलो स्थानमा छन् ।
यसैगरी प्रकाशमान सिंह प्यानलबाट महामन्त्री उठेका विश्वप्रकाश शर्माले ४९० मत ल्याउँदै दोस्रो स्थान कायम गरेका छन् । संस्थापन पक्षका दुई उम्मेदवार प्रदीप पौडेल र डा। प्रकाशशरण महतसँग शर्माको कडा टकराव देखिएको छ । पौडेल र महतले क्रमशस् ३६९, ३८९ मत ल्याएका छन् ।
शेखर कोइराला पक्षका दोस्रो उम्मेदवार मिनेन्द्र रिजाल भने प्रतिस्पर्धामा पछि पर्दै गएका छन् । उनले २२३ मत प्राप्त गरेका छन् ।