कांग्रेस महामन्त्रीको मतगणना सुरुः यस्तो छ सुरुवाती अपडेट

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केहिबेरमा महामन्त्री पदको मतगणना भएको छ। अहिले बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्वाचन समितिको कार्यतालिका रहेपनि ढिलोगरि मतगणनाको तयारी भईरहेको छ । महामन्त्रीमा दुई सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा रहेको छ।

सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट डा मिनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की बीच प्रतिस्पर्धा भएको थियो।

उपसभापतिमा दुइ प्यानलबाट अलग–अलग उम्मेदवार विजयी भए पछि महामन्त्रीमा पनि भोट क्रस हुने निश्चित जस्तै छ । सर्वाधिक चर्चामा रहेका विश्वप्रकाश शर्मा र गगन थापाले धेरै मत प्राप्त गर्ने अनुमान पनि सर्वेक्षण भएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने विधानमा व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

  • १ पुष २०७८, बिहीबार १०:४८ प्रकाशित