प्रचण्डको कडा वक्त्व्य : भने,‘ दलाल पुँजीपतिको एजेन्ट हुन् ओली’

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्षले दलाल पुँजीपतिको एजेन्टको आरोप लगाएका छन् । आज एक वक्त्व्य जारी गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

‘दलाल पूँजिपति वर्ग र प्रतिगमनको राजनीतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गु्टका अध्यक्ष केपी शर्मा ओली झूट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई हालैको आफ्नै अभिव्यक्तिले प्रमाणित गरेका छन्,’ प्रचण्डको वक्तव्यमा भनिएको छ ।

प्रचण्डले भनेका छन् ,‘ माक्र्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौँ टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।’
उनले पूँजीवादको चरित्रबारे आफुले गरेको विश्लेषण सही रहेको र लाखाँै लगानीकर्ताहरुको हितको पक्षमा रहेको स्पष्ट पारेका छन् ।

यस्तै उनले शाही शासनको समयमा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति गरेको केपी ओलीको आरोपप्रति कटाक्ष गरेका छन् ।आज वक्तव्य जारी गर्दै प्रचण्डले ओलीको दरिद्र राजनीतिक चरित्र प्रदर्शित भएको भन्दै कथित समहति प्रमाणित गर्न चुनौति दिएका छन् । प्रमाणित गर्न नसके जनतासामू माफी माग्नुपर्ने प्रचण्डको माग छ ।

  • १ पुष २०७८, बिहीबार ०९:४० प्रकाशित