सानेपा नगएको भए हार्नेरहेछु : धनराज गुरुङ

केन्द्रभाग मिडिया

काठमाडौं ।

कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापति पदमा धनराज गुरुङले निवर्तमान उपसभापति विजयकुमार गच्छदारलाई पराजित झिनो मत अन्तरले पराजित गराएका छन् ।

यही विषयलाई लिएर अहिले मत गणनास्थलमा विवाद भइरहेको छ । गुरुङले १००/१०० को बण्डलमा मतपत्रलाई छुट्याएर मतगणना हुँदै गर्दा अन्तिम अवस्था एउटा बण्डलको गणनामा केही गढबढ भएको शंका लागेपछि उक्त बण्डलको मतपत्र पुनस् गणना गर्न माग गरेका थिए ।

सो बण्डलको भोट गनेर हिसाब राख्दा त्रुटी भएको पाइएपछि मतपरिणाम सच्याइएको थियो । त्यसपछि भने गुरुङले झिनो मतअन्तरले गच्छदारलाई पराजित गर्न सफल भएका हुन् । पुरै मत गणना अवधी भर सानेपा पार्टी कार्यालयमा रहेका गुरुङले आफू उपस्थित नभएको भए नतिजा फरक पर्ने अवस्था आउने रहेछ भन्ने प्रतिक्रिया दिएका छन् ।

‘म सुरु देखि नै यहीँ छु । त्यसैले केही गढबढ लागेर एउटा बण्डल फेरि गन्न आग्रह गरें । नभन्दै त्रुटी भएको रहेछ । म यहाँ नभएको भए त गाह्रो पर्ने रहेछ,’ उनले भने ।

झिनो मत अन्तरले हार व्यहोरेको थाह पाएपछि गच्छदार पार्टी कार्यालय सानेपा आउन लागेका जनाइएको छ । उनी आउने भन्ने थाह पाएपछि निर्वाचन समितिले औपचारिक रुपमा अन्तिम मत परिणाम घोषणा गरिसकेको छैन ।

  • १ पुष २०७८, बिहीबार ०३:१९ प्रकाशित