गण्डकी अपडेटः १७ जनामा संक्रमण, संक्रिय संक्रमित २११

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो २४ घण्टामा आज १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने १६ जना निको भएका छन् ।

१५४ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार २०० पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ५६५ रहेको छ ।

संक्रमित हुनेमा कास्कीका ६, तनहुँका १, मुस्ताङमा ७,म्याग्दीका १,पर्वतका १ र नवलपरासीका १ जना रहेका छन् । ११ महिला र ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा हालसम्म ३ लाख ५४ हजार १५२ जनाको परीक्षण भएको छ । गण्डकीमा पछिल्लो समय सक्रिय संक्रमितको संख्या बढेको छ । हाल प्रदेशमा २११ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १८३ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २४ रहेको छ ।

 

  • २९ मंसिर २०७८, बुधबार १७:०० प्रकाशित