चर्चित भ्रष्टाचारका काण्डको छानविन गर्न सरकार र पार्टीमा दवाव दिऔं : अर्जुननरसिंह केसी

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले पार्टीमा हुकुमी शैली र हाकिमी शैलीमा नभई विचारले चल्नुपर्नेमा  जोड दिएका छन् । बासी बानि र बासी बिचार बोकेर झुण्ड चलाउने शैलीले पाटी नचल्ने उनको भनाई छ । कुनैपनि किसिमका अन्याय र पक्षपात विरुद्ध शेखर कोइराला समूह अगाडि बढ्ने उनले बताए ।

बुधबार राजधानीमा कांग्रेस सभापतिमा पराजित शेखर कोइराला समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बताएका हुन् ।

व्यक्तिगत रुपमा विरोध नरहेको भन्दै उनले लोकतान्त्रिकढंगले पार्टी सञ्चालन गर्नुपर्ने उनले औल्याए । को कहाँ भन्दापनि लोकतन्त्रको पक्षमा र आन्तरिक रुपमा पार्टीलाई बलियो बनाउने पक्षमा अगाडि बढ्न उनले आग्रह गरे ।

चर्चित भ्रष्टाचारको सम्बन्धमा पार्टीले छानविन गर्न पार्टीभित्रै बाट दवाव दिनुपर्ने उनले बताए । नत्र पार्टी धनाड्यको पार्टी र तस्करको पार्टी बन्ने छ । ‘देशमा चर्चित भ्रष्टाचारका काण्डहरु छन् । ति भ्रष्टाचारहरुको छानविन गर्न सरकारलाई र पार्टीलाई पनि दवाव दिनुपर्छ । होइन यस्ता कुरा सच्चिएनन् भने पार्टी धनाड्यको हातमा जान्छ । पार्टी तस्करको हातमा जान्छ’ उनले भने ।

पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउन उनले सभापति शेरबहादुर देउवालाई आग्रह गरे । जसरी जुन कुनामा लगेर जे मन्त्रणा गरेपनि पार्टीलाई व्यक्ति पुजा गर्ने समूहको नबनाउन उनले चेतावनी समेत दिए ।

  • २९ मंसिर २०७८, बुधबार १७:०२ प्रकाशित