देउवाले हाले भोट, शेखर जाँदै

केन्द्रभाग मिडिया

नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको छ ।

प्रधानमन्त्री तथा सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले खसालेसँगै सुरु भएको हो। राजधानीको भृकुटीमण्डपमा साढे ३ बजेदेखि मतदान सुरु भएको हो । यस्तै सभापतिका अर्का प्रत्यासी शेखर कोइराला पनि मत खसाल्न मतदानस्थलतर्फ लागेका छन् ।

पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच फेरि प्रतिस्पर्धा हुन लागेको हो । दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

  • २८ मंसिर २०७८, मंगलवार १६:०९ प्रकाशित