नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्नका लागि दोस्रो चरणको मतदान सुरु भएको छ ।
पहिलो चरणमा भएको निवार्चनमा सभापतिका पाँच उम्मेदवार मध्ये कसैले पनि बहुमत ल्याउन नसके पछि दोस्रो चरणमा मतदान सुरु भएको हो ।
दोस्रो चरणमा प्रधामन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा हुदैँछ । देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायतले समर्थन गरेपछि लगभग देउवा सभापतिमा विजयी हुने निश्चित जस्तै छ ।