सुरुमै नाराबाजी गर्दै एमालेले गरे संसद अवरुद्ध

केन्द्रभाग मिडिया

File photo

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । बैठकको सुरुमै नाराबाजी गर्दै एमालेले बैठक अवरुद्ध गरेको हो । एमाले सभामुख अग्नि सापकोटाको कार्यशैलीप्रति असन्तुष्ट रहेको छ ।

संसद अधिवेशनको बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा हुँदै आएको विरोध प्रदर्शन जारी राख्नुपर्ने बताएका थिए ।

  • २८ मंसिर २०७८, मंगलवार १४:२८ प्रकाशित