अपडेट : कांग्रेस सभापतिमा देउवाको अग्रता कायम, २६७६ मत गन्दा कसको मत कति ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

कांग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले आफ्ना अग्रतालाई काम राखेका छन् ।

राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाले निरन्तर अग्रता कामय राखेका हुन।

२६७६ मत गन्दा सभापतिमा शेरबहादुर देउवाको देउवाले १२६५ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले ९८० मत ल्याएका छन् ।

विमलेन्द्र निधिले १६५, प्रकाशमान सिंहले २०४ र कल्याण गुरुङले १२ मत ल्याएका छन् ।

सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो ।

निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।

  • २८ मंसिर २०७८, मंगलवार ०७:३६ प्रकाशित