पोखरा ।
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विश्वप्रकाश शर्माको पक्षमा मत मागेका छन् । बरालले महामन्त्रीमा उम्मेदवारी दिएका शर्माको पक्षमा मत मागेका हुन् ।
शर्मा सभापति शेरबहादुर देउवाको प्यानलमा नपरेकोमा बरालले असन्तुष्टि पोखरेका छन् । उनले निकै मार्मिक शब्दमा फेसबुकको लामो स्टाटसभा लेखेका छन्, तिमी नेताहरुको रोजी भित्र परेनौ त के भयो नेपाली कांग्रेसका जिम्मेवार जिम्मेवार महाधिवेशन प्रतिनिधिहरु तिम्रो साथमा छन ।
बरालले ५० जिल्लाका सभापतिले शर्मालाई मतदान गर्ने आन्तरिक सहमती भएको पनि उल्लेख गरेका छन् । यस्ता छन् बरालले
फेसबुकमा लेखेका शब्द
बिश्व प्रकाश जी ,
जय नेपाल !
तिमी नेपाली काङ्ग्रेसलाई प्रकाश दिने ज्योति हौ ।
तिमी नेताहरुको रोजी भित्र परेनौ त के भो नेपाली काङ्ग्रेसका जिम्मेवार महाधिवेशन प्रतिनिधिहरु तिम्रो साथमा छन ।
नेताहरुको काम गुट बनाउने हो , बनाउन देउ । मत दिने त महाधिवेशन प्रतिनिधिहरुले हो । विवेक कहाँ सर्ल्लकै मरिसकेको छ र ?
तिमी गुटको पछि लाग्नका लागि जन्मिएकै होइनौ । तिम्रो बिचार, निष्ठा र अनुशासनले सारा दुनियाँलाई तिम्रो पछाडी लगाउने तागत राख्छ । आफ्नो क्षमतामा बिश्वास राख । तिम्रो बिजय निश्चित छ । नेपाली काङ्ग्रेसका करिब ५० जना जिल्ला सभापतिहरुले नाम र जिल्ला नभन्ने शर्तमा तिमीलाई मतदान गर्नको लागि गरेको अनुरोधका आधारमा माथि उल्लेखित मेरा धारणाहरु लेखे । मैले पनि गुप चुप तिमिलाई मतदान गर्न सक्दथे । सबै सग राम्रो हुन सक्दथे । मन मानेन , आफुलाई ढाट्न सकिन । काङ्ग्रेसमाथि हुने क्षतिलाई चुप चाप सहन सकिन । यसैले लेखे । जे लेखे हृदयबाटै लेखे । ब्यक्तिगत नाफा नोक्सानको हिसाब किताब सङ्ठनका अगाडि ओझेलमा पर्यो । हृदयबाट लेख्दा सुखानुभुती हुदोरहेछ । गुट बिना पनि निर्वाचन जित्न सकिन्छ भन्ने मुल्य स्थापित गर्न सकेका दिन मात्रै काङ्ग्रेसमा रुपान्तरण ल्याउन सकिन्छ । एक्लै अगाडि बढ । सिङ्गो दुनियाँ तिम्रो पछाडि छ । गुट बिना पनि निर्वाचन जित्न सकिन्छ भन्ने थुप्रै उदाहरणहरु छ्न समाजमा । ढुक्क बन । गुटले काङ्ग्रेस बर्बाद भयो भन्नेहरु अग्नी परिक्षामा छन।
गोप्य मतदानको मर्मलाई तिम्रा निम्ति उल्लंघन गरे ।
क्षमा पाउ ।
किशोर दत्त बराल
सभापति
नेपाली काङ्ग्रेस , कास्की ।