काँग्रेस महाधिवेशन: उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली काँग्रेसको जारी महाधिवेशनमा हिजो(शनिबार) परेका उम्मेदवारीको अन्तिम नामावली आज प्रकाशन हुदैँछ ।

अन्तिम नामावली प्रकाशन हुनुअघि उम्मेदवारी फिर्ता लिनका लागि बिहान ११ बजेसम्मको समय छुट्याइएको छ । काँग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ ।

आइतबार सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ । भोलि सोमबार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ ।

राष्ट्रियसभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डप गरि तीन स्थानमा मतदानको व्यवस्था गरिएको छ । मतदान मतपत्र मार्फत गर्नु पर्ने छ । विद्युतीय मतदानको व्यवस्था गर्ने भनिएको भए पनि काँग्रेसले मतदान मतपत्रमार्फत नै गर्ने भएको छ ।

  • २६ मंसिर २०७८, आईतवार ०८:४८ प्रकाशित