कांग्रेस सभापतिमा देउवाले गरे उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली काँग्रेसको सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन् । पार्टी सभापतिसमेत रहेका देउवाले १४ औँ महाधिवेशनमा पुनः सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

देउवाले सभापतिमा उम्मेदवारी दर्ता गराउँदा समर्थकमा बालकृष्ण खाँण र प्रस्तावकमा कृष्ण सिटौला छन् ।

देउवावाहेक सभापतिमा कल्याण गुरुङ, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गरेका छन् ।

 

  • २५ मंसिर २०७८, शनिबार १७:१५ प्रकाशित