संस्थापन पक्षले टुंग्यायो प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यका उम्मेदवार (सूची)

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसको संस्थापन पक्षले प्रदेशबाट प्रतिनिधित्व गर्ने र समावेशीतर्फका केन्द्रीय सदस्यहरुको उम्मेदवार टुंग्याएको छ । प्रदेश १ बाट अमृत अर्याल मोरङ, आनन्द सन्तोषी राई धनकुटा र महिलामा महिन्द्र लिम्बु झापा लाई उम्मेद्वार भएका संस्थापन पक्षका एक नेताले बताए । त्यस्तै प्रदेश २ बाट रमेश रिजाल पर्सा, आनन्द ढुंगाना धनुषा र महिलामा चित्रलेखा यादव सिरहा उम्मेदवार बनाउने निर्णय भएको छ ।

बागमती प्रदेशबाट ध्यानगोविन्द रञ्जित काठमाडौँ, ध्रुव अधिकारी नुवाकोट र महिलामा उर्मिला केसी ललितपुर उम्मेदवार बन्ने भएका छन् । गण्डकीबाट ध्रुव वाग्ले तनहुँ, सोभियतबहादुर अधिकारी कास्की र महिलामा सरस्वती तिवारी स्याङ्जा, लुम्बिनीबाट देवेन्द्रराज कँडेल (नवलपरासी पश्चिम), चन्द्र केसी गुल्मी र महिलामा शिला शर्मा खड्का दाङ लाई उम्मेदवार बनाउने निर्णय भएको सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

त्यस्तै कर्णालीमा कणर्बहादुर बुढा डोल्पा, राजीवविक्रम शाह जाजरकोट र महिलामा जानकी सिंह सुर्खेत तथा सुदूरपश्चिम प्रदेश सदस्यमा ड. रणबहादुर रावल कैलाली, यज्ञराज जोशी कञ्चनपुर तथा महिलामा सुशीला भट्ट कैलाली लाई उम्मेदवार बनाइने भएको छ । प्रदेशबाट दुई पुरुष र एक महिला केन्द्रीय सदस्य बन्ने प्रावधान विधानमा छ ।

त्यस्तै मुस्लिम कोटाको केन्द्रीय सदस्यमा अब्दुल रज्जाक रुपन्देही, अब्दुल सतार गोरखा र सुविदा खातुन बर्दिया लाई उम्मेद्वार बनाउने निर्णय भएको छ । पिछडिएको क्षेत्रबाट अर्जुनजंगबहादुर सिंह बझाङ लाई उम्मेद्वार बनाउने निर्णय संस्थापनले गरेको छ ।

त्यस्तै अल्पसंख्यक कोटामा प्रदीप सुनुवार ओखलढुंगा लाई उम्मेदवार बनाउने निणर्य संस्थापनले गरेको छ । अपाङ्गता कोटाबाट मदनकृष्ण श्रेष्ठ भक्तपुर लाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ ।

  • २५ मंसिर २०७८, शनिबार १६:२० प्रकाशित