अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा सडक महोत्सव हुने

केन्द्रभाग मिडिया

पोखरा ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएशन (रेबान) पोखराले लामो समयदेखि गर्दै आएको पोखरा सडक महोत्सव पौष १५ देखी १७ गतेसम्म हुने भएको छ ।

पोखराको पर्यटन प्रवर्द्धन र विकासमा सहयोग पुर्‍याउने उद्देश्यले ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नारासहित रेवान पोखराले महोत्सवको आयोजना गर्दै आएको हो । ‘समृद्ध समाजको लागी सुरक्षित पर्यटन प्रवद्र्धन आजको मुल आवश्यकता’ भन्ने मुल नाराका साथ अङ्ग्रेजी नयाँ बर्षको स्वागतार्थ महोत्सव गर्न लागिएको रेवान पोखराले जनाएको छ ।

महोत्सवको मुख्य आकर्षणमा सांस्कृतिक कार्यक्रम, विभिन्न देशका खानाका परिकारहरु, मनोरञ्जनात्मक खेलकुद, हस्तकला, झाँकी, रात्रिकालीन कन्सर्ट लगायतका मनोरञ्जनात्मक गतिबिधि गरिने महोत्सवका संयोजक नरेश भट्टराइले जानकारी दिए । महोत्सव हेर्न आउने पर्यटकका लागि रात्रीकालीन बसको पनि सुविधा रहेको आयोजनकले जनाएको छ ।

सडक महोत्सवमा स्वास्थ्य मापदण्डलाई ध्यान दिदै पोखरा खुल्लै छ भन्ने सकरात्मक सूचना प्रवाह गर्न सफल हुने रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । अध्यक्ष बरालले कोभिड–१९ का कारण लामो समय थला परेको पर्यटन व्यवसायलाई उठाउन महोत्सवले टेव दिने विश्वास व्यक्त गरे ।

  • २५ मंसिर २०७८, शनिबार १२:५३ प्रकाशित