मौजामा बृहत स्वास्थ्य शिविर : पहिलो दिनमै ३ सयभन्दा धेरैले परीक्षण गराए

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्वर २० मौजा स्वास्थ्यचौकीमा शुक्रवारदेखि बृहत निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्वर २० र विपन्न समुदाय र नेलम्बो नेपाल पोखराकोे संयुक्त आयोजनामा शुरु भएको बृहत निशुल्क स्वास्थ्य शिविर, औषधी वितरण तथा सचेतनामुलक कार्यक्रमको पोखरा महानगरपालिकाका कार्यवहाक नगरप्रमुख मञ्जुदेवि गुरुङले उद्घाटन गरिन गरेकी हुन् ।

कार्यक्रमको उद्घाटन गर्र्दै कार्यबाहक नगरप्रमुख गुरुङले महानगर भित्रको ग्रामिण भेगमा नेलम्वोले स्वास्थ्य शिविरको आयोजना गरि दुर दराजमा रहेकाहरुलाई स्वास्थ्य सेवा प्रदान गरेमा धन्यवाद व्यक्त गरिन । कुनैपनि ठाउको विकासका लागि सवैले आफ्नो ठाउवाट एकजुट भएर लाग्नुपर्नेमा जोड दिदै महानगरले पनि स्वास्थ्य सेवालाई प्रभावकारि रुपमा कार्यान्वयन गर्न लागि परेको वताइन ।

त्यस्तै नेलम्वो नेपालका अध्यक्ष एकदेव देवकोटाले नेलम्वोले ग्रामिण भेगमा आएर जनताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने अभिप्रायले मौजामा आयोजित शिविरमा उल्लेख्य सहभागिता जनाएको वताए । दुईदिन सम्म आयोजना हुने शिविरमा साविक भलाम र मौजा गाविस गरि ५०० जनाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिएको समेत देवकोटाले वताए । शिविरमा परिक्षण गरिएका मध्ये केहिलाई जटिल समस्या परेका देखिएमा पोखरामा रहेका हस्पिटलहरु संग सहकार्य गरि निशुल्क उपचार गर्ने समेत देवकोटाले जनाए ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्वर २० का अध्यक्ष सिम बहादुर गुरुङले नेलम्वोले महागरको पनि ग्रामिण भेगमा स्वास्थ्य शिविरको आयोजना गरि ग्रामिण भेगका जनतालाई सेवा प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । पोखरा महानगरले आफुहरुको वडालाइ स्वास्थ्य क्षेत्रमा वेवास्ता गरेको समेत अध्यक्ष गुरुङले वताए ।

प्रदेश सरकारबाट वर्थिङ सेन्टरका लागी सामाग्रीहरु पठाइसकेको भएतापनि अझैसम्म पनि वर्थिङ सेन्टरको काम हुन नसक्नुमा पोखरा महानगरको स्वास्थ्य महाशाखा प्रमुख कारण रहेको वताउदै अध्यक्ष गुरुङले कार्यबहाक नगर प्रमुख समक्ष वर्थिङ सेन्टरको काम शुरु नगरेमा स्वास्थ्य महाशाखामा वडाको जनता उतारेर घेराउन गर्ने समेत चेतावनी दिए । त्यसैगरी भलाम र मौजा स्वास्थ्य चौकीमा कर्मचारी अभाव भएको र दरवन्दी भएतापनि स्वास्थ्यकर्मी नपठाएको प्रति पनि उनको महानगर प्रति आक्रोश ब्यक्त गरे ।

शनिवार सम्म सञ्चालन हुने शिविरमा साविकको भलाम र मौजा गाविसमा रहेका विपन्न परिवारलाई लक्षित गरि उक्त शिविरको आयोजना गरिएको भएतापनि शिविरमा मादि गाउपालिकाका गाउहरु र पोखरा महानगर पालिका १३ र १६ का जनताले समेत सेवा लिन पाउने समेत अध्यक्ष गुरुङले वताए ।

शिविरको पहिलो दिन शुक्रबार मात्रै ३ सय ३ जनाले स्वास्थ्य परीक्षण गराएका छन । जसअन्तर्गत सामान्य चेकजांच १ सय ९८ , हाडजोर्नी १ सय २७, दन्त परिक्षण ७८, नाक, कान, घाँटी ५१, छालाको उपचार ३७, प्रसुति रोगको परीक्षण २८, इसिजि २८, सामान्य ल्याव परिक्षण २०, भिडियो एक्सरे १५, युरोलोजी सम्वन्धि ३ जनाले लाभ लिएको स्थानिय स्वास्थ्यकर्मी विष्णु राज घिमिरेले जानकारि दिए ।

शिविरमा वरिष्ठ जनरल सर्जन तथा युरोलोजिष्ट डाक्टर अनुप चापागाई, डाक्टर अनिश भुषाल, डाक्टर नानू गौडेल,डाक्टर प्रकाश कार्की, डाक्टर सिजन मरासिनि र अंकुर केसि लगायतले विरामिको परिक्षण गरेका थिएभने टेक्निकल अफिसर रवि गुरुङ, स्वास्थ्य अधिकृत निर्मला देवकोटा, अनुसन्धान अधिकृत समिका बस्नेत, डेण्टल हाईजेनिष्ट स्नेहा खड्का, सुस्मि बुढा, फार्मेसिष्ट सुशील त्रिपाठी, शैलेस बाबू वराल, नर्स जिसि, अस्मिता थापा रल्याव टेक्निसियन सपना तिमिल्सिना मौजा तथा भलाम स्वास्थ्यचौकिका स्वास्थ्यकर्मी हरुले सहजिकरण गरेका थिए ।

  • २४ मंसिर २०७८, शुक्रबार १९:२१ प्रकाशित