गण्डकी अपडेटः १७ जनामा संक्रमण, १९ जना निको भए

केन्द्रभाग मिडिया

पोखरा ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १७ जनामा संक्रमण पुष्टि भएको छ भने १९ जना निको भएका छन् ।

१३७ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार १०५ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ५०० रहेको छ ।

संक्रमित हुनेमा कास्कीका ७, पर्वतका १,तनहुँका ३,स्याङ्जाका १ र नवलपरासीका ५ जना रहेका छन् । १० महिला र ७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा हालसम्म ३ लाख ५३ हजार ३९२ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १८३ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १५६ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

कोरोनाबाट हालसम्म प्रदेशमा १ हजार ४ सय २२ जनाको ज्यान गइसकेको छ ।

  • २४ मंसिर २०७८, शुक्रबार १६:३७ प्रकाशित