काँग्रेस महाधिवेशन स्थलबाट लिङदेनले भने,‘हामीलाई नेता होइन चोर भन्छन् जनता’

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुले छवि गुमाएको बताएका छन् ।

उनले गाउँघरतिर राजनीतिक नेतालाई नेता नभनेर चोर भन्ने गरेको तितो यर्थाथ सुनाए । कांग्रेसको १४ औँ महाधिवेशनमा सफलताको शुभकामना दिन पुगेका अध्यक्ष लिङदेनले गाउँमा हिजोआज नेता होइन, को चोर?आयो भन्दै नेताहरुप्रति टिप्पणी हुने गरेको बताए ।

उनले गाउँतिर राजनीतिक पार्टीको सभा सम्मेलनमा सहभागी हुन आग्रह गर्दा नेतालाई को चोर आएछ भन्ने गरेको बताए ।‘अचेल गाउँमा को नेता आयो भनेर भन्दैनन्, को चोर आयो ? भनेर भन्छन् । अचेल हाम्रो राजनीतिको हालत यस्तो छ ।’ लिङ्देनले भने

  • २४ मंसिर २०७८, शुक्रबार १५:५५ प्रकाशित