पोखरामा ट्रक नालीमा खस्दा चालक र सहचालकको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा वडा नंम्बर २६ विजयपुरस्थित लेखनाथ सडकखण्डमा ट्रक नालीमा खस्दा दुई जनाको ज्यान गएको छ।

नरायणगढबाट पोखरा तर्फ रड बोकेर आईरहेको लु २ ख २९४८ नम्बरको ट्रक आज  बिहान  साढे ४ बजे अनियन्त्रित भई नालीमा खस्न पुग्दा चालक र सहचालकको ज्यान गएको इलाका प्रहरी कार्यालय शिसुवा कास्कीले जानकारी दिएको छ ।

दुर्घटनामा ट्रक चालक लमजुङ पार्चेका ४२ वर्षका भिमबहादुर तामाङ र सहचालक नवलपरासीका २५ वर्षीय मर्कुस तामाङको ज्यान गएको प्रहरी नायब उपरीक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिए । घाईते उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

  • २४ मंसिर २०७८, शुक्रबार १४:२१ प्रकाशित