महाधिवेशनमा नआउने जानकारी पाए पछि पौडेललाई फकाउन नेताहरु पौडेल निवास पुगे

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको उद्घाटन कार्यक्रममा नजाने तयारी गरेपछि उनलाई फकाउन नेताहरु बोहोराटार पुगेका छन् ।

नेता पौडेलले वक्तव्य जारी गर्ने तयारी गरिरहेका थिए संस्थापनइतरका नेताहरु पौडेल निवास पुगेर बक्तव्य निकाल्न रोकेका छन् । भने उनलाई अधिवेशन स्थलमा ल्याउने प्रयास गरेका हुन् ।

“उहाँले विज्ञप्ति जारी गर्ने तयारी गर्नुभएको थियो, तर हामीले रोक्यौँ,” एक नेताले भने, “अहिले संस्थापनइतर नेताहरु पौडेल निवास बोहोराटार आइपुग्नुभएको छ ।”

पौडेल नआउने जानकारी पाएपछि उपसभापति विमलेन्द्र निधिले पनि पौडेललाई टेलिफोन गरेर त्यस्तो निर्णय नलिन आग्रह गरेका छन् । नेताहरुले संझाए पछि उनी ल अधिवेशनमा आउने भएको बुझिएको छ ।

  • २४ मंसिर २०७८, शुक्रबार १३:२३ प्रकाशित