आज विश्व मानवअधिकार दिवश, पोखरामा प्रभातफेरीसहित विविध कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा ।

विश्वव्यापी मानव अधिकारहरूको घोषणा भएको संस्मरण गर्दै आज विश्व मावअधिकार दिवस मनाइँदैछ। मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाइ आधार मानेर यो दिवस मनाउने गरिन्छ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले ७३औँ विश्व मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छिन्। विश्व मानव अधिकार दिवशको अवसर पारेर पोखरामा पनि मानव अधिकारसंग सम्बन्धित विभिन्न संघ सस्थाहरुले विविध कार्यक्रम गरेर मनाइरहेका छन् । नेपालमा यो दिवश ‘जीवन, मर्यादा, समानता र स्वातन्त्राको अधिकार : दिगो शान्ति र समृद्धिको आधार’ नाराका साथ मनाईदै छ ।

मावन अधिकार दिवशकै सन्दर्भ पारेर शुक्रबार विहान पोखरामा प्रभातफेरी सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार, मानवअधिकार महाभेला गण्डकी प्रदेश र राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशको आयोजना र प्रदेशमा क्रियासिल विभिन्न मानव अधिकार र नागरिक अधिकार सम्बद्ध संघसंस्थाहरुको सहभागिता थियो ।

प्रभातफेरीमा गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, कास्कीका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, नेपाल प्रहरी र कास्की स्थित विभिन्न सरकारी तथा गैरसकारी संस्थाका अधिकारीहरुको सभागिता थियो । पोखराको मानवअधिकार चोकबाट सुरुभएको प्रभातफेरीमा सहभागि विभिन्न मानवअधिकारसंग सम्बन्धित नारा लेखिएका प्लेकार्ड र व्यानर लिएका थिए ।

प्रभाफेरी समापनको अवसरमा सम्बोधन गर्दै गण्डकी प्रदेशका सभामुख अधिकारीले प्रदेशमा बन्ने सबैकानून मानव अधिकारमैत्री बनाईने प्रतिवद्धता जनाए । उनले मानवअधिकारको विषय बोलेर भन्दापनि आम नागरिकले अनुभुत गर्ने विषय रहेको उल्लेख गरे ।

गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थले सरकारले तर्जुमा गरेको मानवअधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्य योजना कार्यन्वयनका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।

कास्कीमा मानवअधिकार दिवशको अवसरमा परिसम्बाद, मानवअधिकार रक्षकहरुको अवस्थाको विषयमा अन्तक्रिया लगायतका विभिन्न कार्यक्रम भएका छन् । आज प्रभातफेरीसंगै बृद्धाश्रममा फलफुल वितरण लगायतका विभिन्न गरेर दिवश मनाइने इन्सेक गण्डकीका प्रमुख शिव खकुरेलले जानकारी दिएका छन् ।

  • २४ मंसिर २०७८, शुक्रबार ०९:२४ प्रकाशित