नाडाको अध्यक्षमा ध्रुव थापा विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । शुक्रबार विहान सम्पन्न मतगणनामा अध्यक्षमा थापा ६६ मत अन्तरले विजयी भएका हु्न । पोखरामा आधारित भएर फोर्स ब्राण्डका गाडि बिक्री गर्दै आएका उनी नेपाली काँग्रेसको राजनीतिमा पनि सक्रिय छन् ।

त्यसैगरी सदस्यतर्फ चौधरीको प्यानलका १२ जना र ध्रुव थापा प्यानलबाट ५ जना विजयी भएका छन् । मतपरिणाम अनुसार चौधरीको प्यानलबाट मिलनबाबु मल्ल (१४६५), अनुपकुमार मल्ल (१४६३), राजनबाबु श्रेष्ठ (१४५७), सुरेन्द्र कुमार उप्रेती (१४३२), सुनिल रिजाल (१४०२) मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी सोही प्यानलबाट अभिक ज्योती (१३८३), प्रकाश कपुरी (१३७९), बिक्रम सिंहानिया (१३७१) गोपाल भट्टराई (१३६५) मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी निलमणि पाठक (१३५४), वरदान बस्नेत (१३५०) र पंकज अग्रवाल (१३३४) मत प्राप्त गरी विजयी भएका छन् । साथै, थापाको प्यानलबाट निराकर श्रेष्ठ (१३६४), यमुना श्रेष्ठ (१३५५), कपिल शिवाकोटी (१३४८), प्रदीपमान प्रधान (१३४६) र आकाश गोल्छा (१३३९) मत प्राप्त गरेका छन् ।

  • २४ मंसिर २०७८, शुक्रबार ०८:४४ प्रकाशित