नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकीको अध्यक्षमा पाण्डे

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा बाबुराम पाण्डे चयन भएका छन् ।

संघको बिहीबार सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको निवर्तमान अध्यक्षमा बोबरजङ्ग गुरुङ, प्रथम उपाध्यक्षमा दुर्गादत्त दाहाल, द्धितीय उपाध्यक्षमा दीपेन्द्र ढकाल, महासचिवमा सुरेश दाहाल, सचिवमा प्रकाशकुमार श्रेष्ठ, कोषाध्यक्षमा रवीप्रसाद आचार्य चयन भएका छन् ।

त्यसैगरी सदस्यहरू भुवानीप्रसाद अधिकारी, शोभाखर तिवारी, श्याम लामिछाने, विजय पौडेल, विकास कंडेल र भीम खड्का रहेका छन् ।

  • २३ मंसिर २०७८, बिहीबार २२:०० प्रकाशित