उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कारबाट पौडल सम्मानित

केन्द्रभाग मिडिया

पोखरा ।
पत्रकार वासुदेव पौडेल वर्ष उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । राष्ट्रिय समाचार समिति गण्डकी प्रदेशका प्रमुख रहेका उनी नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा सम्मानित भएका हुन् ।

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बराल(जीवन) र संघका अध्यक्ष बोबरजङ्ग गुरुङले २५ हजार रुपैयाँ नगद सहित सम्मानपत्रबाट उनलाई सम्मान गरेका हुन् । पौडेललाई समाचार लेखनका माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।

कार्यक्रममा अर्थमन्त्री बरालले कोरोना प्रभावित पर्यटनको पुनरुत्थान अहिलेको आवश्यकता भएको बताउँदै थलिएको पर्यटनलाई अघि बढाउने विषय सरकारको प्राथमिकतामा परेको बताए । नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले धार्मिक पर्यटनका माध्यमबाट समृद्धि हासिल गरिने लक्ष्यका साथ धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धनलाई संघले प्राथमिकतामा राखेको बताए ।

कर नीतिको विषयमा सरकार स्पष्ट हुनुपर्नेमा जोड दिदै उनले व्यवसायी कर तिर्न तयार भएको तर एकद्वार प्रणाली आवश्यक हुने बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा ल्याउन निजी क्षेत्रसँगको साझेदारीमा प्रवद्र्धनात्मक कार्यक्रमलाई अघि बढाइने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोनाले प्रभावित बनाएको पर्यटनलाई चलायमान बनाउन सरकारका घोषित कार्यक्रम तत्काल कार्यान्वयनमा आउनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष सन्तोष न्यौपानेले यातायात ऐन व्यवसायीको हितमा नआएको उल्लेख गर्दै सरकारको नीति व्यवसायमैत्री हुनुपर्ने बताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, महसचिव सुरेश दाहाल, प्रथम उपाध्यक्ष बाबुराम पाण्डे लगायतले बोलेका थिए ।

  • २३ मंसिर २०७८, बिहीबार २१:४४ प्रकाशित