छिट्टै गण्डकी प्रदेश पूर्ण कोभिड खोपयुक्त प्रदेश घोषणा हुन्छ : स्वास्थ्यमन्त्री अधिकारी

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले मंसिरभरमा गण्डकी प्रदेशमा १८ वर्ष उमेर माथिका सबै नागरिकले पूर्ण खोप लगाई सक्ने दाबी गरेकी छन् । बिहीबार युआरएलको आठौं वार्षिकोत्सव एवं पुरस्कार अर्पण कार्यक्रमलाई सम्बोधन गनर्दै उनले यस्तो दाबी गरेकी हुन् ।

मनाङ र मुस्ताङ यस अगाडि नै पूर्णरुपमा कोभिड खोपयुक्त जिल्ला घोषणा भइसकेको भन्दै उनले मंसिर भरमा प्रदेशभर १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाइसक्ने र पुसको पहिलो हप्ता पूर्ण कोभिड खोपयुक्त प्रदेश घोषणा गर्ने योजना रहेको बताइन् । ‘मनाङ र मुस्ताङलाई हामीले यस अगाडि नै पूर्ण कोभिड खोपयुक्त बनाइसकेका छौं । अब प्रदेशका सबै जिल्लामा मंसिरको अन्त्यसम्म पूर्णरुपमा खोप लगाईसक्ने छौं । पुसको पहिलो हप्ता पूर्ण कोभिड खोपयुक्त प्रदेश घोषणा गर्ने योजना छ’ उनले भनिन् ।

मन्त्री अधिकारीले गण्डकी प्रदेशका खोप लगाउनुपर्ने ८० प्रतिशत भन्दा बढि नागरिकलाई कोरोना खोप दिइसकिएको र बाँकी नागरिकलाई मंसिरको अन्त्यसम्म दिइसक्ने दाबी गरेकी छन् ।

ओमिक्रोनको संक्रमण फैलिएको बारे देखिएको त्रासको सामना पनि उनले निजी क्षेत्रका स्वास्थ्य संस्था र सरकारी स्वास्थ्य संस्थाको संयुक्त प्रयासले नै गरिने उनले बताइन् । उनले जटिल समस्यमा सरकार र निजी क्षेत्र नभनी सबैको एकतावद्ध प्रयास आवश्यक रहने उनको भनाई थियो ।

  • २३ मंसिर २०७८, बिहीबार १८:२० प्रकाशित