दिनभरी साझा उम्मेदवार छान्न छलफल रात परे पछि सिंहले भने: सभापतिको उम्मेदवारबाट पछि हट्दिन

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन्।

आफ्नै निवासमा सञ्चारकर्मीसँगको कुराकानीमा नेता सिंहले आफूले शनिबार सभापतिमा उम्मेदवारी दर्ता गराउने बताए।

‘साथीहरुले छलफल गरौं मात्र भन्नुभयो। मैले न्याय दिनुपर्छ भनेको हो,’ उनले भने, ‘त्यसो हुन सक्दैन भने महाधिवेशनका प्रतिनिधिले जे गर्छन् त्यसरी जाउँ भन्ने मेरो धारणा हो।’

उनले राजनीतिक दृष्टिकोणबाट नै सबैलाई न्याय होस् भन्ने आफ्नो चाहना रहेको समेत बताए।

‘यत्तिकै म किन ब्याक हुनेरु ब्याक हुनका लागि घोषणा गरेको नै होइन,’ उनले भने, ‘१३औं महाधिवेशनमा म ब्याक भएकै हो नि। सभापति र महामन्त्री दुवैबाट।’

पर्सी ९शनिबार० मनोनय दर्ताको समय रहेको भन्दै नेता सिंहले आफूले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने बताए।

‘१३औं महाधिवेशनपछि पार्टी अत्यन्तै कमजोर भयो। कांग्रेस कमजोर भएका कारणले कम्युनिस्टले प्रहार गर्न थाले,’ उनले भने, ‘पार्टी ठिक ठाउँमा ल्याउनुपर्‍यो भन्ने हो। पुरानै तरिकाले हिँडेर त भए न नि।’

उनले न्यायसंगत रुपमा हुने सहमतिमा आफू तयार रहेको पनि बताए। संस्थापन इतर पक्षमा रहेका नेताहरुबीच साझा उम्मेदवार तय गर्ने विषयमा पटक–पटक छलफल भए पनि टुंगो लाग्न सकेको छैन।

  • २३ मंसिर २०७८, बिहीबार १८:०८ प्रकाशित