सराङकोट बहुउद्देश्यीय सहकारीद्धारा कन्या मा.वि विद्यार्थीलाई पोशाक वितरण

केन्द्रभाग मिडिया

पोखरा ।

सराङकोट बहुउद्देश्यीय सहकारी को १५ औ बार्षिक उत्सवको अवसरमा कन्या मा. वि का विधार्थीलाइ पोशाक वितरण गरिएको छ । संस्थाको स्थापना देखि रेडियो सराङकोटको प्रसारण सामाजिक उत्तरदायित्वका लागी बिविध सामाजिक शिक्षा , स्वास्थय वातवरण मैत्री सदस्य सेवा कार्यक्रमहरु गरिदै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।

संस्थाले बार्षिक उत्सवको अबसर पारी विधार्थीहरुलाई शैक्षिक पोशाक वितरण सहित २५ गते शनिबार , रत्तदान , स्टार डाग्नोष्टिक सेन्टर को सहकार्यमा होलबोडी चेकअप रगत परिक्षण गरिने भएको छ । सप्ताब्यापी कार्यक्रम अन्र्तगत पोखराको एलेन्जल विधालय , महेन्द्र मा.वि नवप्रभात मा.वि ,श्रीराम आधारभुत विधालय , शान्ता मा।वि ,कन्या मा। वि का ४० विधार्थीहरुका लाई पोशाक वितरण गरीएको छ ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापत्तित्वमा भएको कार्यक्रममा कन्या क्याम्पसका प्रमुख शुरेस मानन्धर बिधालयका प्र।अ प्रम बहादुर बुढाथोकी ,सचिव कुल प्रसाद सुवेदी , सल्लाहकर ईन्द्रकमल मानन्धर , संस्थाका पुर्व कोषाध्यक्ष मिन बाहदुर अधिकारी ब्यवस्थापक सुरेन्द्र थापा जेष्ठ सेयर सदस्य दामोदर पराजुली शिक्षा समिति सदस्य घनश्याम गौतम कर्जा अधिकृत सरिता पौडेल लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा स्वीस स्टार टेलर्सका सञ्चालक शुरज परियारले २ सेट पोषाक सहयोग गरेका थिए ।

  • २३ मंसिर २०७८, बिहीबार १७:१२ प्रकाशित