असल छिमेकी नेपालद्धारा भलाम आधारभुत विद्यालयमा स्टेशनरी सामाग्री वितरण

केन्द्रभाग मिडिया

पोखरा ।

असल छिमेकी नेपालद्धारा भलाम आधारभुत विद्यालयमा स्टेशनरी र हाइजिन किट वितरण गरेको छ । असल छिमेकी नेपालले कोभिड पुनर्लाभ तथा पुनस्र्थापना सहयोग परियोजना अन्तर्गत पोखरा २० मा रहेका सरकारी विद्यालयहरुमा प्रदान गरिने स्टेशनरी सामाग्री तथा हाइजिन किट लगायतका सामाग्रीहरुको वितरण भलाम आधारभुत विद्यालयबाट शुरु गरिएको हो ।

सो अपसरमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम बहादुर गुरुङले असल छिमेकी नेपालले कोभिडलाई मध्येनजर गरी कोभिड पुनर्लाभ तथा पुनस्थापना सहयोग परियोजना अन्तर्गत २० नम्बर वडा भित्र रहेका सरकारी विद्यालयहरुलाई स्टेशनरी सामाग्री तथा हाइजिन किट प्रदान गरेकोमा धन्यवाद ब्यक्त गर्दै असल छिमेकी नेपालद्धारा प्रदान गरिएको सामाग्रीको सदुपयोगका लागी अभिभावकहरुलाई आग्रह गरे ।

वडाअध्यक्ष गुरुङले आफ्नो कार्यकाल सकिन लागेको र आगामी दिनमा पनि यस्ता गैरसरकारी संघ संस्थाहरुसँग आफु जनप्रतिनिधी नरहेको खण्डमा पनि सहकार्य गरी वडा नम्बर २०को समृद्धीको लागी अगाडि वढ्ने समेत वताए ।

सो अवसरमा वोल्दै भलाम आधारभुत विद्यालयका प्रध्यानाध्यापक कुल प्रसाद पौडेलले असल छिमेकी नेपालले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मध्येनजर गरी स्टेशनरी तथा हाइजिन किट प्रदान गरी विद्यार्थीहरुमाथी ठूलो गुन लगाएकोमा धन्यवाद ब्यक्त गरे ।

कोभिड महामारी पश्चात असल छिमेकी नेपालले विभिन्न सरकारी विद्यालयहरुमा स्टेशनरी तथा कोभिड रोकथामका सामाग्रीहरु वितरण गर्दै आइरहेको र सोही अनुरुप पोखरा २० मा रहेका सरकारी विद्यालयहरुमा रहेका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री र हाइजिन किट प्रदान गरी सचेतनामुलक कार्यक्रमहरु समेत गरिने संस्थाका सिनियर प्रोग्राम सुपरभाइजर प्रकाश परियारले जानकारी दिए ।

सो अवसरमा भलाम आधारभुत विद्यालयमा अध्ययनरत २७ जना विद्यार्थीलाई जनही एक थान झोला, एक दर्जन कपी, सिशाकलम, कलम, एक थान सेनिटाइजर, एक बक्स मास्क, डिटोल सावुन दुइ वटा प्रदान गरिएको थियो ।

  • २३ मंसिर २०७८, बिहीबार १७:०४ प्रकाशित