गण्डकीमा आज संक्रमित भन्दा निको हुनेको संख्या आधा बढी

केन्द्रभाग मिडिया

पोखरा ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा संक्रमित हुने भन्दा निको हुनेको संख्या आधा बढी रहेको रहेको छ ।

प्रदेशमा ८ जनामा संक्रमण पुष्टि हुदाँ २२ जना निको भएका छन् । ७५ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ८८ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ४८१ रहेको छ ।
संक्रमित हुनेमा कास्कीका ४, पर्वतका २, र नवलपरासीका २ जना रहेका छन् । ४ महिला र ४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा हालसम्म ३ लाख ५३ हजार २५५ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १८५ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १५९ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

  • २३ मंसिर २०७८, बिहीबार १६:५१ प्रकाशित