काठमाडौं ।
सभापतिमा शेरबहादुर देउवा नै दोहोरिनुपर्ने कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् ।
राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकर्ताको वृहत्तर हितका निम्ति पनि सभापतिमा देउवा नै अर्को कार्यकालका लागि आउनुपर्ने उनको भनाई छ ।
केन्द्रीय समिति बैठकमा सहभागी आज हुन पार्टी कार्यालय सानेपा पुगेका खाणले पत्रकारहरूसँगको कुराकानीमा भने, ‘सभापतिमा देउवाको निरन्तरता आवश्यक छ।’
खाण महामन्त्री उठ्ने तयारीमा छन्।