जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, ६ घाइते

केन्द्रभाग मिडिया

लमजुङ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मेनजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा मर्स्याङ्दी गापा(२ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र रहेको बताइएको छ । साथै अर्का एक स्थानीयको पनि मृत्यु भएको जनाइएको छ ।

मृतक तीनै जनाको पहिचान भएको छैन । लमजुङ जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण बहादुर कार्कीले अहिले घाइतेको उद्वारका लागि घटनास्थलतर्फ जाँदै गरेको बताए ।

प्रहरीका अनुसार उक्त जिप मर्स्याङ्दीको स्थानीय कच्ची सडक हुँदै सिमपानीबाट पिस हिलतर्फ जाँदै गरेको जीप घुम्तीमा ब्याक गर्ने क्रममा करिब ५० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ ।

  • २३ मंसिर २०७८, बिहीबार १३:१२ प्रकाशित