घुम्तीमा ब्याक गर्दा जीप दुर्घटनाः घुम्न गएका १२ यात्रु घाईते

केन्द्रभाग मिडिया

लमजुङको र्मस्याङदी गाउँपालिका ८ भुस्मे नजिकै कालिमाटी भन्ने स्थानमा ग १ ज ६३१७ नंको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

मर्स्याङ्दी –९ सिमपानीबाट सोही पालिकाको पिसहिलडाँडा घुम्न यात्रु लिएर गएको सो जीप आज विहान दुर्घटनामा परेको भुस्साका स्थानीयवासी होमराज तामाङले जानकारी दिए ।

जीपमा सिमपानीस्थित गणेश माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक रहेका र घुम्तीमा ब्याक गर्ने क्रममा करिब ५० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ ।

खुदी प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको र जीपले थिचेकाको उद्धार गर्ने काम भइरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । थप विस्तृत जानकारी आउन बाँकी रहेको छ ।

  • २३ मंसिर २०७८, बिहीबार १२:५८ प्रकाशित