पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय समितिको १० औं पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै पार्टीको चौंधौं महाधिवेशनमा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
बिपीको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन फेरि १ पटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उनी १२ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् ।
सहमहामन्त्रीमा चर्चा चले पनि अन्ततः उनले केन्द्रीय सदस्यमै उम्मेदवारी दिने भएका हुन् । युवापुस्तालाई पार्टीको नेतृत्वमा पुर्याउनका लागि सहमहामन्त्रीमा उनीहरुलाई अवसर दिनकै लागि आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनले बताए ।