महाधिवेशनको अघिल्लो दिन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सहमहामन्त्री थप गर्न सक्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

महाधिवेशनको मुखैमा काँग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ । आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने बताइको छ । आज बस्ने बैठकले सहमहामन्त्री थप्न सक्ने जनाइएको छ ।

नेताहरुको माग अनुसार नेता व्यवस्थापनका लागि सहमहामन्त्री कम्तीमा दुई जना थप गर्नेबारे छलफल हुने पार्टी स्रोतले बताएको छ।
कांग्रेस विधानअनुसार आठ जना सहमहामन्त्री रहने व्यवस्था छ। तर खुलातर्फ सहमहामन्त्री एक जना पनि नभएकोले कम्तीमा २ जना खुलातर्फ सहमहामन्त्री पद राखिनुपर्ने माग भइरहेका छन्।

बैठक मुख्यगरी शुक्रबारदेखि काठमाडौंमा हुने पार्टीको महाधिवेशन तयारीबारे छलफलमा केन्द्रित रहने उनले बताए।

  • २३ मंसिर २०७८, बिहीबार ०८:२९ प्रकाशित