सकसमा पौडेल समूह : प्रकाशमान र शेखरले अडान नछाड्दा तनावमा पौडेल

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसको संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेद्वार बनाउने प्रयासले सार्थकता पाउन सकेको छैन । कांग्रेसका एक नेताका अनुसार डा. सशांक कोइराला लचक भएपनि प्रकाशमान शिंह र डा. शेखर कोइरालाले अडान नछोड्दा सहमतिको प्रयासले सार्थकता पाउन नसकेको हो ।

वरिष्ट नेता पौडेलले कि दुई मध्ये एकलाई समर्थन गर्न र नभए आफूलाई छाड्न गरेको आग्रमा समेत दुबै नेता तयार नभएको उनले बताए । ‘वरिष्ट नेता पौडेलले कि तिमिहरु दुई मध्य एकमा सहमति गर नत्र मलाई छाड भन्नुभयो । तर, प्रकाशमान शिंह र शेखर कोइराले एक अर्कालाई स्विकार्ने वा वरिष्ट नेतालाई छोड्ने दुबै कुरामा सहमत हुन सक्नुभएन ।’

उहाँहरुकै कारण सभापतिको एउटै उम्मेद्वार बनाउने विषय पेचिलो बन्यो’ उनले भने । ति नेताका अनुुसार दुबै नेताले आफूमा मात्र सहमति खोजेपछि वरिष्ट नेता पौडेलले दुबैजना लड्नेभए आफूले राजनीतिबाट सन्यास लिनेसम्मको कुरा गरेको बताएका छन् ।

कांग्रेस नेता अर्जुननरसिंह अर्जुननरसिंह केसीले कुरा नमिलेको पुष्टि गरे । उनले बिहीबार पनि छलफल हुने बताएका छन्।

  • २२ मंसिर २०७८, बुधबार २१:३६ प्रकाशित