गण्डकी अपडेटः १ संक्रमितको मृत्यु, २२ जनामा संक्रमण

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा थप १ संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखरा ८ की ७७ वर्षीया वृद्धा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

उनका आज दिउँसो संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २२ पुगेकोे छ ।

यस्तै पछिल्लो २४ घण्टामा २२ जनामा संक्रमण पुष्टि भएको छ । १८५ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

सोही समयमा १५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ८० पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ४५९ रहेको छ ।

संक्रमित हुनेमा कास्कीका १३, पर्वतका २, स्याङ्जाका १ र नवलपरासीका २ जना रहेका छन् । १० महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा हालसम्म ३ लाख ५३ हजार १७६ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १९९ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १७६ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

  • २२ मंसिर २०७८, बुधबार १७:०१ प्रकाशित