प्रधानन्यायाधीश जबराका जेठान गजेन्द्र हमालले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमालले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । बाँकेका जिल्ला सभापतिसमेत भइसकेका हमालले आफू लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेदवार हुने बताएका हुन् ।

‘मैले सभापति शेरबहादुर देउवाको टिमबाटै केन्द्रीय सदस्य लड्ने घोषणा गरेको छु । लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य लड्न लागेको हुँ,’ हमालले भने, ‘अरु टिममा त म कहाँ जानु नि देउवाकै टिममा छु । त्यहीँबाट चुनाव जित्नेमा ढुक्क छु ।’

हमाल प्रधानन्यायाधी जबराको कोटाबाट मन्त्री बनेको भन्दै विवादमा तानिएका थिए । चौतर्फी आलोचना र विवादित बनेपछि उनले मन्त्रीपदबाट राजीनामा दिएका थिए ।

  • २२ मंसिर २०७८, बुधबार १४:५० प्रकाशित