भारतीय पूर्वसेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटना

केन्द्रभाग मिडिया

नयाँदिल्ली ।

भारतीय पूर्वसेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर बुधबार दुर्घटनामा परेको छ। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अहिलेसम्म दुई जनाको शव फेला परेको छ र तीन जनाको उद्धार गरिएको जनाएको छ। घाइतेहरूको अवस्था गम्भीर छ।

रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको हो।
हेलिकप्टरमा भारतीय सेनाका अन्य उच्च अधिकारीहरू पनि रहेको बताइएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

 

 

  • २२ मंसिर २०७८, बुधबार १४:३७ प्रकाशित