देउवा पक्षले १३ पदाधिकारीको नाम आजै सार्वजनिक गर्ने, यस्तो छ सम्भावित पदाधिकारीको सूची

केन्द्रभाग मिडिया

काठमाडौं ।
आज नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय पदाधिकारीको उम्मेदवारको टुन्गो लगाउने सम्भावना छ । उम्मेदवारको टुन्गो लागेमा आजै नाम सार्वजनिक गर्ने उक्त समूहका एक नेताले बताए। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी बैठकले सभापतिसहित १३ पदाधिकारीको नाम टुंगो लगाएर सार्वजनिक गर्ने बताइएको छ ।

बैठकले पदाधिकारीको प्यानल नै सार्वजनिक गर्ने तयारीसमेत भएको कांग्रेसका एक नेताले जानकारी दिए । देउवाले पार्टीको आन्तरिक निर्वाचनमा आफ्नो पक्ष बलियो भएको भन्दै फेरि सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् ।

संस्थापन पक्षले १३ पदाधिकारीको अनौपचारिक सूचीसमेत बनाइसकेको छ । तर, त्यो सूची पदाधिकारीमा पार्न लबिइङका लागि हुनसक्ने अनुमान गरिएको छ । बालुवाटारको एउटा पक्षले त्यस्तो सूची अहिले सर्वेक्षणका लागि व्यापक रूपमा प्रचार गरिरहेको छ ।

सभापतिः शेरबहादुर देउवा
उपसभापतिः पूर्णबहादुर खड्का
उपसभापतिः डा‍.प्रकाशशरण महत
महामन्त्रीः बालकृष्ण खाँण
महामन्त्रीः विश्वप्रकाश शर्मा
सहमहामन्त्रीः गोविन्द भट्टराई
सहमहामन्त्री स् भिष्मराज आङ्देम्वे
सहमहामन्त्रीः मीन विश्वकर्मा
सहमहामन्त्रीः महालक्ष्मी उपाध्याय
सहमहामन्त्रीः फरमुल्लाह मन्सुर
सहमहामन्त्रीः रामजनम चौधरी
सहमहामन्त्रीः जीतेन्द्र देव
सहमहामन्त्रीः जीवनबहादुर शाही

  • २२ मंसिर २०७८, बुधबार १४:२८ प्रकाशित