पोखरा ।
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा २५ हेमजा स्थित जैसीकुना डहरे देउराली क्षेत्रमा मोटरेवल पुल निर्माण गर्न अभियानको सुरुवात गर्ने बताएका छन् ।
एक समारोहका बिच पैदल पुलको मंगलबार उद्घाटन गर्दै मन्त्री बरालले स्थानीयको माग भए बमोजिम मोटरेवल पुल निर्माण गर्ने अभियानको सुरुवात गर्ने बताएका हुन ।
सानो रकममा हालै निर्माण भएको उक्त पुलबाट स्थानियमा छाएको खुसिले आफु निकैै प्रभावित भएको बताउदै मन्त्री बरालले सानो रकमले जनतालाई धेरै खुसि छर्न सकिने जनाए ।
पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डको पालामा मध्यपहाडी लोकमार्ग र पोखरा विमानस्थल निर्माण कार्य सुरुवात भएको दाबी गरे । हेमजालाई नमुना सिटिको रुपमा विकास गर्न आफुले चाहेको उनले बताए ।