शशांकले सभापतिमा आफ्नो दाबी छाडे

केन्द्रभाग मिडिया

काठमाडौं ।

काँग्रेस महामन्त्री शंशाक कोइरालाले सभापतिमा आफ्नो दाबी छाडेका छन् । हिजो साँझ अबेर नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा साझा उम्मेदवार छान्न बसेको बैठकमा कोइरालाले अब आफुले सभापतिमा दाबी नगर्ने बताएका हुन् ।

उनले सबै मिलेर अगाडि बढ्नुपर्ने र सभापतिमा वरिष्ठ नेता पौडेलका लागि आफूले दाबी छाडेको उनको बताएका छन् । साझा उम्मेदवारका लागि नेता रामचन्द्र पौडेलले पनि दाबी छाड्न सक्ने तर्क उनले गरेका थिए।हिजोको बैठकमा पौडेलले पनि अरु मिल्न तयार भए आफुले सभापति पदमा उम्मेदवारी त्याग्ने बताएका थिए ।

पौडेल पक्षमा सभापतिका लागि पौडेलसहित शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला आकांक्षी छन्। सभापतिका लागि साझा उम्मेदवार छान्न तीन दिनदेखि पौडेल पक्ष बैठक गरिरहेको छ तर निचोडमा पुगेको छैन।

पौडेलसहित अरू प्रकाशमान र शेखर भने आफैँ बलियो उम्मेदवार रहेको दाबी प्रस्तुत गरिरहेका छन्। प्रकाशमानले सिंहदरबार अगाडि यलम्बर पार्टी प्यालेस नै भाडामा लिएर महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय खोलेका छन्।

  • २२ मंसिर २०७८, बुधबार ०८:१९ प्रकाशित