मौसम पूर्वानुमान : एउटा प्रदेशमा वर्षाको संभावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ।

दिउँसो प्रदेश नं १ को भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ को पहाडी भु–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश नं १ र प्रदेश नं २ का भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

  • २२ मंसिर २०७८, बुधबार ०६:३४ प्रकाशित